मिस ट्यालेन्टको ताज खुश्बु रौनियारलाई



न्युज अफ नेपाल, काठमाडौैं ।

‘मिस्टर एण्ड मिस रौनियार २०२१, नेपाल’ शनिबार काठमाडौंमा सम्पन्न भएको छ । एमी इन्टरटेन्मेन्ट आयोजक रहेको सो प्रतियोगितामा खुश्बु रौनियारले पहिलो मिस ट्यालेन्ट उपाधि जितेकी छन् । त्यस्तै आँचल रौनियार मिस रौनियारको उपाधि जित्न सफल भइन् भने पुरुषतर्फ मिस्टर रौनियारको उपाधि अस्मित रौनियारले हात पारे ।

त्यस्तै महिलातर्फ क्रमश: फस्ट रनरअप शिक्षा गुप्ता र सेकेन्ड रनरअप ज्योती रौनियार एवं पुरुषतर्फ फस्ट रनरअप सर्वजीत रौनियार र सेकेन्ड रनरअप राज रौनियार बनेका छन्।

 

प्रतियोगितामा राजधानी बाहिर विभिन्न ठाउँबाट तथा राजधानीका रौनियार युवायुवतीले आवेदन दिएकोमा महिला १४ र ७ पुरुष गरी २१ जना अन्तिम छनोटमा परेका थिए। व्यापार र व्यवसायमा मात्र सिमित रौनियार समुदायका युवाहरुलाई पनि कला, मनोरञ्जन तथा मोडलिङ्गको क्षेत्रमा ल्याएर हस्तीको रुपमा स्थापित गर्न आयोजना गरिएको आयोजकको दावी छ ।

संस्थाका अध्यक्ष एमी (राजन) रौनियारका अनुसार यो दोश्रो संस्करण हो । रौनियार समुदायको मौलिक कला संस्कृतिको संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन तथा रौनियार युवा युवतीहरुको प्रतिभा प्रस्फुटन, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धिसंगै उनीहरुको सामाजिक दायारलाई अझ विस्तार गर्न (मिष्टर एण्ड मिस रौनियार–२०२१) को आयोजना गरिएको राजनले बताए । यो प्रतियोगितामा गत वर्ष आशिष रौनियार र प्रिया रौनियारले मिष्टर एण्ड मिस रौनियार २०१९ को उपाधि जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्