खनाल-नेपाल समूहको आयोगलाई भन्यो : ‘ओलीका अवैधानिक निर्णय रोकी पाउँ’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा एकलौटी रुपमा गरेको निर्णय अवैधानिक भएको भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल समूह पदाधिकारी र स्थायी कमिटी सदस्यहरु निर्वाचन आयोगको कार्यालयमा पुगेका छन् ।

वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना स्थायी कमिटी सदस्यले आइतबार आयोगलाई चिठी लेख्दै विधानविपरीत र अवैधानिक तरिकाले भएका निर्णयलाई मान्यता नदिन पनि माग गरेका छन्।

अध्यक्ष ओलीले आफू निकट नेताहरुको बैठक राखेर महासचिवबाहेकका पदाधिकारी हटाउने, नेताहरुको जिम्मेवारी हेरफेर गर्ने र रामबहादुर थापा बादलसहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेका थिए । आयोगलाई लेखिएको पत्रमा केन्द्रीय कमिटीमा कुनै पनि रिक्त स्थान नरहेको समेत भनिएको छ।

प्रतिक्रिया दिनुहोस्