मन्त्री आलेद्वारा उपचारका लागि आर्थिक सहयोग



विमल विष्ट, काठमाडौं ।

वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कैलालीका युग अश्त्र दैनिकका प्रधान सम्पादक तथा हिमालय टाइम्सका पत्रकार वीरेन्द्रबहादुर रावलको उपचारका लागि आर्थिक सहयोग प्रदान गर्नु भएको छ । काठमाडौँको चावहिल स्थित दीर्घायु अस्पतालमा पत्रकार रावलको पित्तथैलीको शल्यक्रिया भएको छ । पत्रकार रावलको उपचारमा सहयोग पुगोस भन्ने हेतुले मन्त्री आलेले रु २५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको उहाँका स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

सुरुमा कुल रु ५० हजारमा अप्रेसन खर्च हुँने भनिएपनि अप्रेसनका गर्ने क्रममा पत्रकार रावलको आन्दामा प्वाल परेपछि उहाँको थप शल्यक्रिया गर्नु परेको पत्रकार रावलकी धर्मपत्नि राधिका कुँवर रावलले जानकारी दिनुभयो । उहाँको उपचारमा अहिले सम्म कुल रु तीन लाख भन्दा बढी रकम बिल आएको बताइएको छ ।

पत्रकार रावललाई नेपाल पत्रकार महासंघले पनि आर्थिक सहयोग गर्ने तयारी गरी रहेको महासचिब रमेश विष्टले जानकारी दिनुभयो । यसैगरी मन्त्री आलेले आजै टिचिङ अस्पताल काठमाडौँमा उपचार गराइ रहेकी डोटीको शिखर नगरपालिका तिजालीकी सात महिने बालक शुसान्त साउदलाई समेत रु १५ हजार आर्थिक सहयोग प्रदान गर्नु भएको छ । निज बालकको ढाडमा मासु पलाएकाले शाल्यक्रिया गरिएको उनका घर परिवारले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्