प्रधानसेनापति प्रशंसा पदकबाट जोशी सम्मानित



न्युज अफ नेपाल, ललितपुर ।

 ललितपुरमा जनतासंग सेनाको कार्यक्रमलाई प्रभावकारी बनाउन पु¥याउनुभएको महत्वपूर्ण योगदानलाई कदर गर्दै नेपाली सेनाले समाजसेवी अजरमान जोशीलाई प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित गरेको छ ।

सेना दिवस– २०७७ को अवसरमा जोशीलाई नेपाली सेनाले सो पदक प्रदान गरेको हो। नेपाली सेनाको राजदल गणले जनतासंग सम्बन्ध बढाउन आयोजना गरेको विभिन्न कार्यक्रम सफल बनाउन जोशीले संयोजन गर्नुभएको थियो।त्यसलाई कदर गरी सो पदक प्रदान गरिएको बुझिएको छ ।

जनतासंग सेना कार्यक्रम अन्तर्गत ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजित विशेष ‘ब्यान्ड डिस्प्ले’ सम्पन्न गर्न जोशीले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । त्यस्तै सामाजिक, सरसफाई कार्यक्रममा गणका सेनालाई सहभागी गराउन र सेनासंग मिलेर विद्यालयका बालबालिकाहरुलाई विपद सम्बन्धी कार्यक्रम सञ्चालन गर्न जोशीले अग्रसर हुनुभएको थियो ।नेपाली सेनाले अघि सारेको एकिकरण पदमार्गलाई ललितपुरको सन्र्दभमा प्रवद्र्धन गर्न पनि जोशीको योगदान रहेको बताइएको छ ।

सेनाले आयोजना गरेको एकिकरण अवधारणाको विचार गोष्ठीमा सहभागी भइसक्नुभएका जोशीले सो अवधारणाले राष्ट्रिय गौरवमा वृद्धि गर्ने विश्वास व्यक्त गर्दै भन्नुभयो ‘ त्यसले ऐतिहासिक महत्वका क्षेत्र, गढीहरुको संरक्षण गर्ने छ । ती स्थानलाई पर्यटकीय गन्तव्य बनाउन सघाउने छ ।अन्ततः त्यसले स्थानीयस्तरमा आर्थिक विकासमा टेवा पु¥याउने छ ।’‘आफ्नो योगदानलाई कदर गरेकोमा नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा , राजदल गण लगायत नेपाली सेनालाई आभार प्रकट गर्दछु ।’ ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहनुभएका जोशीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्