भेट्टाएको ९८ हजार सम्बन्धितलाई फिर्ता



खोटाङ नेस ।

खोटाङका युुबकले भेट्टाएका ९८ हजार रुपैंयाँ सम्बन्धित ब्यक्तिलाई बुुझाएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१५ विजयखर्कका किसन भुजेलले हलेसीस्थित ‘रकगार्डेन’मा फेला पारेको रकम प्रहरी मार्फत सम्बन्धित व्याक्तिलाई बुुझाएका हुन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका आशिष राईले खसाएका नगद र सामसुङ मोबाइल फोन इलाका प्रहरी कार्यालय हलेसीमार्फत फिर्ता गरेका हुन् । महाशिवरात्रीको दिन घुम्न गएका राईले हेण्डव्यागभित्र रहेको रकम र मोबाईल सोही स्थानमा खसाएका थिए । ईलाका प्रहरी कार्यालय हलेसीका अनुसार भुजेलले फेला पारेको रकम र मोबाईल राईकै भएको पुुष्टी भएको छ ।

नगरपालिकाले पर्यटकीय स्थलको रुपमा विकास गरेको ‘रकगार्डेन’ घुम्ने क्रममा नै रकम र मोबाईल भेट्टाएपछि हलेसी प्रहरी मार्फत आशिषलाई हस्तान्तरण गरेको भुजेलले सुनाउनुभयो । मायाँ मारेको नगद फर्किंदा हर्षित राईले ईमान्दार भुजेललाई ससम्मान धन्यबाद व्यक्त गर्नुभयो । भुजेल सेवा समाज एक नम्बर प्रदेश सदस्य किसन जिल्लाका बिद्यार्थी नेता समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्