डा. शेखर कोइराला पार्टी सभापतिको उम्मेदवार



खोटाङ, (नेस) ।

नेपाली काग्रेसका नेता शेखर कोईरालाले नेपाली कांग्रेसको चौधौ महाधिवेशनमा केन्द्रीय सभापतिमा बाहेक कुनै उम्मेदवारी नदिने बताउनुभएको छ । प्रेस युनियन खोटाङले त्रिधार्मिक धाम हलेसीमा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले सभापतिको उम्मेदवार बन्ने संकेत गर्नुभएको हो ।

अहिले नेपाली कांग्रेसभित्रको आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएकाले काँग्रेसलाई लिकमा ल्याउन आफूले सभापतिको दाबी गरेको उहाँको भनाइ छ । वर्तमान राजनीतिक परिवेशका बारेमा बोल्नुहुँदै नेता कोईरालाले निकासको लागि निर्वाचन मात्र एक मात्र विकल्प रहेको समेत बताउनुभयो । विकसित राजनीतिक परिवेशको मुख्य जिम्मेवार अहिलेको प्रधानमन्त्री केपी ओली रहेको आरोप लगाउनुहुँदै नेता कोईरालाले पुस ५ गते ओलीले चालेको कदम संविधान बिपरित रहेकाले विरोध गरेको बताउनुभयो ।

अब निर्वाचनको तयारीमा लाग्नुको विकल्प नभएकाले आवधिक या मध्यावधि जुनसुकै भएपनि अब निर्वाचन हुन आवश्यक रहेको उहाँको धारणा थियो । अल्पमतको सरकार नभएसम्म निर्वाचनमा जान नसकिने संवैधानिक व्यवस्था भएकाले अब त्यता लाग्नु पर्ने दुई÷तीनवटा विकल्पहरु रहेको बताउनुभयो । जनता समाजवादी पार्टीसँग मिलेर काँग्रेसको नेतृत्वमा सरकार बनाउन पहल गर्ने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्