एसियाली मुलुकलाई कोरोनाको एक अर्ब डोज खोप



वासिङ्टन, (एजेन्सी) ।

संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, भारत र जापानका नेताहरूले आगामी सन् २०२२ को उत्तराद्र्ध सम्ममा एसियाका अधिकांश मुलुकलाई कोरोना भाइरस विरूद्धको खोपको एक अर्ब डोज उपलब्ध गराउने सहमति गरेका छन् । सन् २००ठ मा गठित ‘क्वाड’ नामक समूहका नेताहरूको पहिलो बैठकमा उक्त संयुक्त प्रतिबद्धता सार्वजनिक भएको हो ।यसरी वितरित हुने एकल–डोजको जोहन्स एन्ड जोहन्सन कम्पनीको खोप भारतमा उतपादन गरिने भएको छ । अमेरिकाले बृहत् संयुक्त प्रतिबद्धता अनुसारको खोप वितरण कार्यक्रम शुरूमा दक्षिण पूर्र्वी एसियामा केन्द्रित रहने जनाएको छ । भारतमा उत्पादन हुने यस एक अर्ब डोजको खोप परियोजनामा, प्राविधिक सहयोग अमेरिकाको, आर्थिक लगानी जापान र अमेरिकाको तथा अन्य व्यवस्थापन बन्दोबस्ती र कार्यान्वयन अस्ट्रेलियाको हुने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुल्लिभानले बताइएका छन् ।

यस विषयमा शुक्रबार भच्र्युअल बैठक बसेको थियो । सुल्लिभानले खोप दक्षिण–पूर्वी एसियाली मुलुकहरू (आसियान) देखि एसिया प्रशान्त क्षेत्रभन्दा परसम्म वितरण हुने पनि जानकारी दिएका छन् । १० सदस्यीय अन्तर्राष्ट्रिय समूह आसियनमा ५० करोडभन्दा बढी मानिस रहेका छन् ।यस समूहमा थाइल्यान्ड, इन्डोनेसिया र फिलिपिन्स लगायतका सदस्य राष्ट्र छन् । भारतीय कम्पनी बायोलोजिकल लिमिटेडले यसका लागि जोहन्सन एन्ड जोहन्सनका थप खोप तयार गर्ने भएको छ । शुक्रबार मात्रै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले यस खोपलाई अनुमोदन गरेको हो ।भच्र्युअल मिटिङमा सहभागिता जनाइसकेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले जापान, अमेरिका र अस्ट्रेलियाको सहयोगमा खोप उत्पादन क्षमता विस्तार गर्ने जानकारी ट्विटरमार्फत दिएका छन् ।

साथै, मोदीले उक्त बैठकमा खोपलगायत जलवायु परिवर्तन र अत्याधुनिक प्रविधिहरूमाथि समेत छलफल भएको बताएका छन् । ‘क्वाड’ समूहलाई एसियारमा चीनको बढ्दो प्रभावलाई चुनौती दिन गठित समूहको रूपमा पनि हेरिने गरिएको छ ।सो बैठकको नतेृत्व गरेको अमेरिकी राष्ट्रपति जोय बाइडेनले एसियाली क्षेत्र अन्तर्राष्ट्रिय नियम कानुनअन्तर्गत रहनु र त्यहाँको मूल्य मान्यता स्वतन्त्र र दबाब मुक्त हुन् भन्ने प्रतिबद्धतालाई नवीकरण गरिएको बताएका छन् । अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोर्रिसनले यस बैठकले ‘नयाँ बिहानी’ को प्रतिनिधित्व गरेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्