एन्फा अध्यक्ष शेर्पा सम्मानित



काठमाडौं, (नेस) । 

नेपाली सेनाले सेना दिवस र महाशिवरात्री २०७७ को अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालाई सम्मान गरेको छ । नेपाली सेनाले बिहीबार एन्फा अध्यक्ष शेर्पालाई प्रधानसेनापति प्रशंसा पदकबाट सम्मानित गरेको हो । नेपाली फुटबलको विकास र विस्तारमा योगदान पुर्‍याएको भन्दै उहाँ सम्मानित भएका हुन् । एन्फा अध्यक्षले सो सम्मानले अझ काम गर्न प्रोत्साहन मिलेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्