महाविशरात्रीमा भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा मेला



पुष्कर बुढाथोकी, भक्तपुर ।

हरेक बर्ष झै यो बर्ष पनि महाशिवरात्रीपर्वको अवसरमा भक्तपुरको सिपाडोल स्थित केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा विहान देखि दर्शनार्थीको घुईचो लागेको छ । प्रत्येक बर्ष शिवरात्री पर्वको अवसरमा डोलेश्वर मन्दिरमा विभिन्न जिल्ला वाट आउने दर्शनार्थी को भिड लाग्ने गरेको हो ।

कोरोना माहामारीको जोखिम रहेकाले मन्दिर दर्शनका लागि आउने भक्तजनहरुलाई माक्स र सानिटाइज अनिर्वाय गरेको मन्दिर विकास समितीले जानकारी दिएको छ । मन्दिर दर्शनका लागि आउने भक्तजनहरुलाई विषेश पुजा , हवन र रुद्धाभिषेक गरि पञ्च स्नान गराउने व्यवस्था समेत गरेको छ । मन्दिर विकास समितीले भिडभाडलाई मध्यनजर गर्दै जगाती प्रहरी, भक्तपुर ट्राफिक प्रहरी समेत परिचालन गरिएको छ ।

मन्दिर परिसरमा स्वस्थ्य परिक्षणका लागि स्वयमसेवका रुपमा नेपाली सेना इन्द्र बस्क दल गण सुर्यविनायकका चिकित्सकको टोलीले स्वास्थ्य शिविर संचालन गरेको छ । तर यस बर्ष डोलेश्वर मन्दिरमा गत बर्ष जस्तै बाक्लो साधुसन्त तथा बाबाहरुको भने उपस्थिती रहेन ।भारतमा कोरोनाको खोप अभियान चलिरहेकाले उतावाट आउने साधुसन्त तथा बाबाहरुको उपस्थितमा कमी आएको विकास समितीको भनाई छ ।

यहाँ आउने साधुसन्त तथा बावाहरु लाई शिवरात्रीको भोली पल्ट दक्षिण दिएर विदाई गरिने छ । समितीको बार्षिक कार्यक्रम अनुसार आज भक्तजनहरुको आफै मन्दिर भित्र गई पूजाअर्चना गर्न पाउने भएकाले पनि भक्तजनहरुको भीड लागेको हो ।

प्रतिक्रिया दिनुहोस्