राष्ट्रिय स्वयंसेवा नीति मस्यौदा, २०७७ माथि बहुपक्षीय संवाद



न्युज अफ नेपाल, काठमाडौं ।

नीति अध्यन प्रतिष्ठानद्वारा तयार गरिएको राष्ट्रिय स्वयंसेवा नीति मस्यौदा, २०७७ माथि सरोकारवाला समुहले राजधानीमा वृहत छलफल गरेका छन । युथ एड्भोकेसी नेपालले संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यलय, राले ईन्टरनेशनल नेपाल, भिएसओ नेपाल लगायतका संघसंस्थाहरुको सहकार्यमा कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा मानवअधिकार आयोगकी माननिय सदस्य लिली थापाले मस्यौदामा प्रस्तावित संरचना ठुलो र नाकरसाहीमुखी भएकाले घटाउनु पर्ने वताईन । जनसाख्यिक लांभासको दृष्टिकोणले राष्ट्रिय स्वयंसेवक परिषद युवा तथा खेलकुद मन्त्रालयमा नै रहनु पर्दछ भन्ने समाज कल्याण परिषदका उपाध्यक्ष डा. पद्म प्रसाद खतिवडाको जोड थियो । उनले अगाडी भने, “ स्वयंसेवकको जिविकोपार्जनका लागि आवस्यक रकम प्रदान गर्नु पर्ने विषय नीतिमा उल्लेख गर्नु पर्दछ” ।

स्वयंसेवक नीति लैङ्गिक मैत्री हुनु पर्नेमा युएनडिपीका नेपाल प्रतिनिधि आस्यानी मेडागानगोडाको जोड थियो । स्वयंसेवक पेड हुन्छ कि हुदैन ? स्वयंसेवक परिषद कुन मन्त्रायल अन्तरगत राख्ने ? प्रस्तावित संरचना कुन कुन निकायको प्रतिनिधित्व गराउने ? स्वयंसेवा नीतिको कार्यन्वयनका लागि तीन तहका सरकारविच कसरी समन्वय गर्ने ? जस्ता आधारभुत प्रश्नमा सरोकारवाला समुहबाट नीति अध्यन प्रतिष्ठानले सुझावको अपेक्षा गरेको नीति अध्यन प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रतीको भनाई थियो ।

कार्यक्रममा राष्ट्रिय अपाङ्ग युवा संजालका अध्यक्ष महेन्द्र थापा, भिएसओ नेपालका प्रतिनिधि सिखा श्रेष्ठ, युथ एड्भोकसी नेपालका महासचिव गीता चौधरी, राले ईन्टरनेशनलका प्रतिनिधि कर्ण नेपाली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा ८० जना भन्दा वढी सहभागीहरुले समुहगत छलफल गरी स्वयंसेवा मस्यौदामा पृष्ठपोषण गरेका थिए ।

स्वयंसेवा मस्यौदामा युथ एड्भोकेसी नेपालको संयोजनामा ७ बटै प्रदेशमा छलफल पछि केन्द्रिय स्तरमा छलफल भएको युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले वताए । संकलन भएको सुझाव तथा पृष्ठपोषणको आधारमा प्रतिवेदन तयार गरी नीति अध्यन प्रतिष्ठानलाई प्रदान गरिने खतिवडाले जानकारी दिए । कार्यक्रमको संचालन युथ एड्भोकसी नेपालका सचिव नारायण कडरियाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्