टाटाको नयाँ फरेवर रेन्जका गाडी नेपालमा



काठमाडौं, नेस  ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले फरेवर रेन्जअन्तर्गत पर्ने पाँच वटा नयाँ गाडी सार्वजनिक गरेको छ । यी गाडीहरु टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाईभ–बी एस सिक्स प्रविधिले सम्पन्न छन् । योसँगै टाटा कंम्पनी उक्त इन्जिन प्रविधि भएको पाँच मोडल एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कंम्पनी भएको छ ।

टाटाको इम्प्याक्ट २ दशमलव ० डिजाइन ल्याङ्ग्वेज अनुसार तयार पारिएकोे छ । बदलिँदो समयको माग अनुसार पुनः डिजाइन गरिएको टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ कार्यक्षमता, आरामदायी र सुरक्षाको दृष्टिकोणले पनि अरु भन्दा अग्रस्थानमा रहेको छ ।टाटा मोटर्स् इन्टरनेशनल बिजनेश हेड ९प्यासेन्जर भेहिकल्स्० मायकं बाल्डीले भन्नुभयो–‘टाटा मोटर्स्का विविध रेन्जका गाडी नेपाली ग्राहकले लामो समयदेखि अत्यन्त रुचाइरहनुभएको छ र यसैक्रममा टाटाका नयाँ जेनेरेसनका प्यासेन्जर गाडी सार्वजनिक गर्न पाउँदा हामीलाई धेरै खुसी लागेको छ ।’

यसैगरी सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले भन्नुभयो–‘बीएस सिक्स रेन्जका अत्याधुनिक बिशेषतायुक्त गाडी आफ्नो श्रेणिका अन्य गाडीभन्दा संरचनागत र प्राविधिक दुवै दृष्टिकोणले अगाडि रहेका छन् । यिनीहरुले नेपाली उपभोक्ताको बदलिंदो आवश्यकता र अपेक्षालाई पूरा गरी नेपाली बजारको ठूलो हिस्सा ओगट्न सफल हुने विश्वास लिएका छौं ।’

प्रतिक्रिया दिनुहोस्