हलेसीमा शिवरात्री मेला, दर्शनार्थीको घुुईँचो



रामधन राई, खोटाङ ।

महाशिवरात्रीको दिन खोटाङस्थित त्रीधार्मिकस्थल हलेसीमा मेला भर्ने तथा दर्शन गर्नेको घुुुईँचो लागेको छ । हिन्दु, बौद्द र किरात धर्मावलम्बीका आस्थाको केन्द्र हलेसी क्षेत्रमा देशबिदेशवाट आउने दर्शनार्थीको भीड लागेको हो ।

बिशेषगरी हलेसी मन्दिरभित्र बिहानैदेखि दर्शनार्थीको घुुईंचो लागेको हलेसी तुवाचङ नगरपालिकाका मेयर इवन राईले बताउनुुभयो । राईका अनुसार साँझको समयमा बिधि अनुरुप भगवान शिवलाई गहना पहिर्‍याउने कार्यक्रम रहेको छ ।

कोरोना संक्रमण अघिका बर्षहरुमा जस्तो नभए पनि शिवरात्री मेलामा दर्शनार्थीको उल्लेख्य उपस्थिती नरहेको हलेसी मन्दिर बिकास समितिले जनाएको छ । हलेसीमा देशका बिभिन्न जिल्ला तथा भारत, भुटान, चीन लगायतका देशहरुबाट दर्शनार्थी आउने गरेका छन् । हलेसीमा शिवरात्रीसँगै रामनवमी, बालाचर्तुदशी, तीज, उधौली–उभौली लगायतका अवसरमा १५ दिनसम्म मेला लाग्ने गर्दछ ।

पछिल्लो समय यातायातमा सहजता आउनका साथै आन्तरिक तथा बाह्य पर्यटकका लागि आवश्यक्ता अनुसारको सुबिधासम्पन्न होटलहरु सञ्चालनमा आएका कारण पनि दर्शनार्थी बढ्न थालेको हो ।

प्रतिक्रिया दिनुहोस्