चीन र रसियाले चन्दमामा अन्तरिक्ष केन्द्र निर्माण गर्ने



बेइजिङ, ( एजेन्सी) ।

चीन र रसियाले चान्द्रिक अन्तरिक्ष केन्द्र (लुनार स्पेस स्टेसन) निर्माण गर्ने योजना घोषणा गरेको छ । रुसी अन्तरिक्ष निकाय रोस्कोस्मोसले आफूले चन्द्रमाको सतह, कक्ष वा दुवैमा अनुसन्धान परिसर विकास गर्नेबारे चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनसँग एउटा सम्झौतापत्रमा हस्ताक्षर गरेको जानकारी दिएको छ । दुवै मुलकका अन्तरिक्ष निकायहरूले जारी गरेको एक संयुक्त विज्ञप्तिमा सो अन्तरिक्ष केन्द्र अन्य मुलुकहरूले पनि प्रयोग गर्न सक्ने बताइएको छ ।
रसियाले आफूले पहिलोचोटि मानव सहितको अन्तरिक्ष उडान भरेको ६० औं वार्षिक दिवस मनाउने तयारी गरिरहेका बेला यो खबर सार्वजनिक भएकोे हो । दुवै मुलुकका अन्तरिक्ष निकायले उक्त अन्तर्राष्ट्रिय वैज्ञानिक चान्द्रिक स्टेसनले चन्द्रमाको अन्वेषण र प्रयोगलगायत व्यापक वैज्ञानिक अनुसन्धान गर्ने जानकारी दिएका छन् ।

aचीनले मन्डारिन भाषामा निकालेको विज्ञप्तिमा भनेको छ– ‘चीन र रसियाले आफ्ना संयुक्त अनुभवलाई अन्तरिक्ष विज्ञान, अनुसन्धान र विकासमा प्रयोग गर्नेछन् । त्यसैगरी, दुवैले एक अन्तर्राष्ट्रिय चान्द्रिक वैज्ञानिक अनुसन्धान केन्द्र निर्माणको संयुक्त मार्गचित्र विकासका लागि अन्तरिक्ष उपकरण र अन्तरिक्ष प्रविधि प्रयोग गर्नेछन् ।’साथै, रसिया र चीनले अनुसन्धान केन्द्रको योजना र डिजाइन निर्माण, विकास र सञ्चालनमा आपसी समन्वय गर्ने बताइएको छ ।चीनको अन्तरिक्ष कार्यक्रममा विज्ञता हासिल गरेका विश्लेषक चेन लानले या परियोजना निकै ठूलो सम्झौता भएको एएफपी समाचार निकायलाई बताएका छन् । उनले चीनका लागि यो अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय अन्तरिक्ष सहयोग परियोजना भएकाले पनि यसको महत्व धेरै भएको बताएका छन् ।

अमेरिकाले पनि आगामी सन् २०२४ सम्ममा पुनः चन्द्रमा अमेरिकामा पु¥याउने योजनाको घोषणा गरेको छ । ‘आर्टेमिस’ नामक उक्त कार्यक्रमअनुसार एकजना पूरुष र एक महिलालाई अमेरिकाले चन्द्र सतहमा उतार्ने भएको छ ।गत वर्षको डिसेम्बरमा चीनले प्रक्षेपण गरेको ‘च्यागए–५’ अन्तरिक्षयान चन्द्रमाबाट चटान र माटो लिएर फर्कन सफल भएको थियो । अन्तरिक्ष कार्यक्रममा अग्स्थानमा रहेका रसियालाई अहिले चीन र अमेरिकाले पछ्याइरहेका छन् । गत वर्ष अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा स्पेशएक्सको सफल अवतरण पछि रसियाको त्यहँँ अन्तरिक्ष यात्रीहरू लैजाने एकाधिकारको अन्त्य हुनपुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्