प्रतिनिधिसभा बैठक शुरु



न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधि सभा पुनःस्थापनापछिको दोस्रो बैठक शुरु भएको छ । आजको बैठकमा सात वटा अध्यादेश पेस हुने र बहालवाला तथा पूर्वसांसदको निधनमा शोक प्रस्ताव पेस हुने सम्भावित कार्यसूची रहेको छ ।

संसद सचिवालयका अनुसार सोमबारको बैठकमा पेस भएर पारित हुन नसकेका विधेयकहरु बुधबारको बैठकमा पनि पेस हुने छ । यसअघि २३ फागुनमा बसेको संसद बैठकमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश पेस गर्दा कांग्रेस र समाजवादी दलका सांसदहरुले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेपछि सभामुख अग्नि सापकोटाले २६ फागुनसम्मका लागि बैठक स्थगित गरेका थिए । बुधबारको बैठकमा पनि बिभिन्न विधेयकहरु पेस गर्ने र दिवंगत सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने सम्भावित कार्यसूची छ ।

संसद सचिवालयले अघिल्लो दिन नै सार्वजनिक गरेको कार्यसूचीमा लेखिएअनुसार गृहमन्त्री रामबहादुर थापा (बादल)ले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सन्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन अध्यादेश पेस गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्