नौकुन्डमा बालविवाह तथा बहुविवाह सम्बन्धी सडक नाटक



सरस्वती न्यौपाने ,रसुवा । जिल्ला को नौकुन्ड गाउँ पालिकाको वडा नम्बर तीन पारच्याङमा फागुन २५ गते बालबिवाह तथा बहुविवाह ले पार्ने असर बारे सडक नाटक गरिएको छ ।

वडा नम्बर ३ को कार्यालय को आयोजनामा रसुवालि पारच्याङ युवा कल्वको समन्वय मा मिलिजुली बालविवाह र बहुविवाह नियन्त्रण गरौ सुनौलो भविष्य निर्माण को महाअभियान मा सवै लागि परौ भन्ने नारा सहित पोष्टर,पम्पलेट,सहित वजार परिक्रमा गरि नाटक प्रस्तुत गरिएको थियो ।

उक्त नाटकमा समाजमा रहेको बालबिवाह का साथै वहुविवाह सम्वन्धि शैक्षिक ,सामाजिक विषयमा चित्रण गरिएको थियो । साथै कानुनि विषयमा पनि जानकारि गराईएको थियो । नौकुन्ड गाउँ पालिका भित्र यस्तै बालविवाह बहुविवाह रोक्न धेरै जनचेतनामुलक कार्यक्रम हरू भईरहने गरेका छन ।सिङ्गो गाउँ पालिका र आफु लागि परिरहेको उपाध्यक्ष सृजना लामा ले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्