सरोदवादक श्रेष्ठ रहेनन्



वरिष्ठ सरोदवादक मोहनसुन्दर श्रेष्ठको ८० वर्षको उमेरमा सोमबार साँझ ६ः४० बजे राजधानीस्थित ग्रीन सिटी हस्पिटलमा निधन भएको छ।काठमाडौंको किलागलमा जन्मिएका श्रेष्ठले आफ्नो जीवनको झण्डै पाँच दशक समय सरोद बादनमा बिताएका थिए।

दुवै आँखा गुमाएका श्रेष्ठले सरोदबादनको श्रेत्रमा महत्वपूर्ण योगदान पु¥याएका छन्। सन् १९७० देखि सांगीतिक यात्रा शुरु गरेका श्रेष्ठले तत्कालीन राजदरबारमा समेत संगीतकर्मीको रुपमा काम गरेका थिए। रेडियो नेपाल र राष्ट्रिय नाचघरमा पनि काम गरेका श्रेष्ठ गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्टलगायतका मानपदवी, सम्मान र पुरस्कारबाट विभूषित र सम्मानित भएका थिए।

विगत केही वर्षयता होटेल अन्नपूर्णमा प्रस्तुति दिँदै आएका स्वर्गीय श्रेष्ठले किरातेश्वर मन्दिर, राम मन्दिर, यल माया केन्द्रलगायतमा आफ्नो सरोद बादन प्रस्तुत गर्दै आएका थिए।स्वर्गीय श्रेष्ठका एक छोरा र दुई छोरी छन्।

प्रतिक्रिया दिनुहोस्