म्युचुअल फन्ड भनेको यस्तो हो



सामान्यतया म्युचुअल फन्ड भनेको धेरै स–साना लगानीकर्ताहरुबाट संकलित कोष हो, जसको व्यवस्थापन र सञ्चालन पोर्टफोलियो म्यानेजरले गर्ने गर्छन् । जो व्यक्ति दोस्रो बजार अर्थात् ब्रोकरबाट शेयर खरिद–बिक्रि गर्न जोखिम महसुस गर्छन् तिनीहरुको लागि म्युचुअल फन्ड भनेको राम्रो लगानीको अवसर हुन सक्छ ।

म्युचुअल फन्ड नियमावली २०६७ ले निर्धारण गरेअनुसार, म्युचुअल फन्डबाट संकलित रकम पोर्टफोलियो म्यानेजरले शेयर, बन्ड र ऋणपत्र, सरकारी धितोपत्र र फिक्स डिपोजिटमा लगानी गर्ने गर्छन् ।यसरी गरेको लगानीबाट आएको प्रतिफल वा लाभ इकाइ धारीहरुलाई बहन इकाइको आधारमा समानुपातिक तवरले वितरण गरिन्छ । एकजना औसत लगानीकर्तालाई म्युचुअल फन्ड स्मार्ट र लागत प्रभावी लगानी हुन सक्छ भने यसमा लगानी गर्न ठूलो लगानी पनि आवश्यक पर्दैन ।

न्यूनतम १००० रुपियाँमा लगानीको शुरुवात गर्न सकिन्छ । यो लगानी विविधता गर्ने एक सजिलो माध्यम पनि हो, जुन यो भनाइसँग पनि मेल खान्छ– ‘तपाई एकै टोकरीमा आफ्नो सबै अण्डा राख्नहुन्न । तपाईंलाइ शेयर बजारबारेमा त्यति ज्ञान पनि छैन, नयाँ लगानीकर्ता हुनुहुन्छ, जोखिम र यसको घटबढबारे पनि बुझ्नुहुन्न र समय पनि दिन सक्नुहुन्न भने तपाईंलाइ म्युचुअल फन्ड राम्रो विकल्प हो । कोष प्रबन्धकहरूले म्युचुअल फन्डको तपÞर्mबाट कार्यसम्पादन तथा व्यवस्थापन गर्ने भएकाले वार्षिकरुपमा प्रतिफलबाट नै व्यवस्थापन शुल्क लिने गर्छन् ।
नेपालमा म्युचुअल फन्डलाई धितोपत्र बोर्ड नेपाल सेबोनले नियमन र निरीक्षण गर्दछ ।

नेपालमा म्युचुअल फन्ड जारी गर्ने, निरीक्षण गर्ने र व्यवस्थापन गर्ने सम्पूर्ण कार्य म्युचुअल फन्ड नियमावली २०६७ ले निर्धारण गरेअनुसार र सेबोनले तोकेबमोजिम हुने गर्दछ । नेपालमा म्युचुअल फन्ड, म्युचुअल फन्ड नियमावली २०६७ र म्युचुअल फन्ड निर्देशिका २०६९ बाट नियन्त्रित छन् ।
– सरु थापा, कलंकी

प्रतिक्रिया दिनुहोस्