डेपुटी गभर्नरमा ढुंगाना र मिश्र नियुक्त



न्युज अफ नेपाल, काठमाडौं ।

सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगाना (तिम्सिना) र बमबहादुर मिश्रलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त डेपुटी गभर्नर पदमा ढुंगाना र श्रेष्ठ डेपुटी नियुक्त गरेको हो ।

ढुंगाना डेपुटी गभर्नर बन्ने पहिलो महिला हुन् । फागुन १८ गते पाँच वर्षे कार्यकाल पूरा गरी डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले अवकाश लिएसँगै डेपुटी गभर्नर पद रिक्त रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्