समयमै पाठ्यपुस्तक उत्पादन गर्न शिक्षामन्त्रीको निर्देशन



भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई समयमा पाठ्यपुस्तक उत्पादन गनै आगामी निर्वाचनका लागि मतपत्र छपाइ गर्ने तयारीमा रहन निर्देशन दिएका छन् ।

जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा आज पाठ्यपुस्तक छपाइको अनुगमन एवं मतपत्र छपाइ गर्ने सेक्युरिटी प्रेसको अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झालाई निर्देशन दिँदै मन्त्री श्रेष्ठले भने, “मतपत्र छपाइ गर्ने तयारीमा रहनुहोस्, निर्वाचन आयोगले कुनै पनि बेला मतपत्र छपाइ गर्न निर्देशन आउँन सक्छ, निर्देशन आउने बित्तिकै मतपत्र छपाइ गर्न सुरु गर्ने गरी तयारी गर्नुस् ।” सरकारले छिट्टै निर्वाचनको घोषणा गर्नसक्नेतर्फ सङ्केत गर्दै उहाँले मतपत्र छपार्ई गर्नुपर्ने मेशिन मर्मत गर्नुपर्ने मर्मत गरेर राख्न निर्देशनसमेत दिए ।

निर्वाचन आयोगमा पनि मतपत्र छपाइ गर्ने मेशिन थन्किएर रहेको जानकारी आफूले जानकारी पाएको बताउँदै मन्त्री श्रेष्ठले आयोगसँग समन्वय गरेर ती मेशिनसमेत ल्याएर मतपत्र छपाइको तयारीमा राख्न उउनले भने । कर्मचारीले उच्च मनोबलका साथ काम गर्नुपर्ने औँल्याउँदै उनले देश हार्ने काम होइन, देश जित्ने काममा लाग्नुस् भन्दै केन्द्रलाई मेशिन थप गर्न मन्त्रालयले आवश्यक पहल गर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्