यामाहादद्धारा भक्तपुरको सल्लाघारी क्षेत्रमा हरियाली अभियान सुरु



काठमाडौं ।

यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक आयातकर्ता एमएडव्लू इन्टरप्राइजेजको यामाहा द व्हिल्स प्रालिको अगुवाइमा भक्तपुरको सल्लाघारी क्षेत्रमा हरियाली अभियानको काम सुरु गरिएको छ । एमएडव्लू इन्टरप्राइजेजकोको सामाजिक कार्यका लागि गठित एमएडव्लू फाउण्डेशनको वान डिलर वान इनिसियसन (एक डिलर एक सामाजिक काम) अन्तर्गत यो काम सुरु भएको हो ।

 

यामाहाको भक्तपुरको लागि आधिकारिक विक्रेता यामाहा द व्हिल्स प्रालिको एक डिलर एक इनिसियसन योजना अन्तर्गत यामाहा भक्तपुरको अगुवाइमा यो काम सुरु भएको हो । यो काममा स्थानीयबासी, युवा, व्यवसायी, व्यापारीहरुले पनि साथ दिएका छन । यसका लागि भक्तपुर र सूर्यविनायक नगरपालिका तथा सडक विभाग कटुञ्जे भक्तपुरले पनि सहयोग गरेको थियो । हरिायाली कायम गर्न बृक्षारोपन तथा डुवो रोपिएको थियो ।

यामाहाको भक्तपुरका लागि आधिकारिक वितरक यामाहा शोरुम सल्लाघारी भक्तपुरका प्रबन्ध निर्देशक सुरेश कवांंले आफनो ठाउँं आफैं बनाऔं भन्ने हिसावले सवैको सहयोगबाट सल्लाघारी चोकदेखि आकाशे पुलसम्मको दुई सय मिटरको राजमार्गको उतरतिरको राजमार्ग छेउमा हरियाली प्रवद्र्धन गर्न बृक्षारोपन र डुवो रोपिएको जानकारी गराए । योजना अन्तर्गत पहिलो पटक हेज जातको ७० वटा र गोल्डेन ढुपी जातका २० वटाको बृक्षारोपन गरिएको छ । साथै करिव दुई हजार वर्ग फिट डुवो रोपिएको छ । आगामी दिनमा सरोकारवालाहरुसँंग मिलेर अझ यो क्षेत्रलाई सम्बृद्ध बनाउने योजना रहेको कवांले बताए ।

प्रतिक्रिया दिनुहोस्