सर्वोच्चको फैसलाप्रति असन्तुष्ट प्रचण्ड-नेपाल समूह पुनरावेदनमा जाने



न्युज अफ नेपाल, काठमाडौं ।

सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्ट प्रचण्ड–नेपाल समूह पुनरावेदनमा जाने भएको छ । कानून व्यवसायीहरुसँगको छलफलपछि प्रचण्ड–नेपाल समूहले पुनरावेदनमा जाने निर्णय गरेको हो ।

नेकपा नाम विवादमा आइतबार सर्वोच्चले ऋषि कट्टेलको पक्षमा फैसला गरेको थियो । सर्वोच्चको फैसलासँगै ओली र प्रचण्ड नेपाल समूह नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने अवस्था आएको छ ।

२०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता भएको थियो । तर ऋषिराम कट्टेलले नेकपा आफ्नो भएको दावी गर्दै २०७५ मंसिर २१ गते अदालतमा निवेदन दिएका थिए । सोही निवेदनाको फैसला गर्दै सर्वोच्चले दुई वर्ष पश्चात अन्त्यत नेकपा नामका असली हकदार कट्टेल भएको निर्णय सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्