प्रचण्ड-माधव समूहको स्थायी कमिटी बैठक बस्दै



न्युज अफ नेपाल,काठमाडौं ।

सर्वोच्च अदालतले पूर्वएमाले र पूर्वमाओवादी केन्द्रलाई व्युँताइदिएपछिको परिस्थितिबारे छलफल गर्न प्रचण्ड-माधव समूहको स्थायी कमिटीको आज बैठक बस्दै छ ।

स्थायी कमिटीको बैठक बिहान ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।सर्वोच्च अदालतले नेकपाको नाम ऋषि कट्टेल अध्यक्ष रहेको पार्टीलाई दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्युँताएदिएसँगै दाहाल-नेपाल समूहले बैठक बोलाएको हो ।

बैठकमा अदालतको फैसलापछि उत्पन्न राजनीतिक जटिलता र आगामी रणनीतिबारे छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको श्रेष्ठले बताए ।सर्वोच्चले ऋषि कट्टेलको नाममा नेकपा रहने फैसलाका बारेमा दाहाल(नेपाल पक्षले आजै आधिकारीक धारणा सार्वजनिक गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्