प्रचण्ड-नेपाल समूहले संसद सचिवालयमा दियो दलको नेता परिवर्तनको जानकारी



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले संसद सचिवालयलाई संसदीय दलको नेता परिर्वतन भएको जानकारी गराएको छ ।

उनीहरुले संसद सचिवालयको महासचिव भरतराज गौतमलाई यसबारे जानकारी गराएका छन् । शुक्रबार प्रचण्ड नेपाल समूहले संसदीय दलको बैठक गराएको थियो । सो बैठकले ११५ सांसदको हस्ताक्षर संकलन गर्दै पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको जानकारी गराएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्