नेपासको अध्यक्षमा डा. गणेशकुमार राई निर्विरोध निर्वाचित



न्युज अफ नेपाल, काठमाडौ ।

नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) को अधिवेशनमा पदाधिकारी चयनमा केही पदमा निर्विरोध र केहीमा निर्वाचन प्रकृया पुरा गरि शनिवार सम्पन्न भयो ।

अधिवेशनबाट निर्विरोध चयन हुनेमा बरिष्ठ बालरोग विशेषज्ञ डा. गणेशकुमार राई अध्यक्ष त्यसैगरी, महासचिवमा डा. कृष्णप्रसाद पौडेल, यस्तै कोषाध्यक्षमा डा. रामहरि चापागाईं, यस्तै सहकोषाध्यक्ष पदमा डा. राजु काफ्ले निर्वाचित भएकाछन् ।

निर्वाचन प्रक्रियाबाट प्रतिस्पर्धामा निर्वाचित हुनेहरुमा डा. कैलाश प्रसाद साह उपाध्यक्ष, उहाँले १ सय ९९ मत प्राप्त गर्दै बिजयी हुनुभएको छ । त्यसैगरी सचिव पदमा डा. विष्णुरथ गिरीे १ सय ७६ मत प्राप्त गरि बिजयी हुनुभएको छ ।

सदस्यहरुमा डा. सुमित अग्रवाल २ सय ४४ मत, डा. स्मृति माथेमा २ सय ३६ मत, डा. प्रकाश जोशी २ सय २४ मत, डा .संगिता शाक्य २ सय १३ मत, डा. ओमकृष्ण पाठक २ सय ७ मत र डा. दीपक राजभण्डारी १ सय ८७ मतका साथ विजयी भएका छन् ।

यस्तै डा. महेशकुमार गौतम १ सय ८६ मत र डा. अंशु झा पनि १ सय ८२ मतका साथ सदस्य पदमा निर्वाचित भएका छन् । नयाँ कार्यसमितिको पदावधि दुई वर्षको हुनेछ ।

प्रतिक्रिया दिनुहोस्