चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सवमा दौड



काठमाडौं, (नेस) ।

नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रम हुँदै आएको छ । यसैक्रममा शनिबार दौड प्रतियोगिता भएको छ । प्रतियोगिताका विजयीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गर्नुभयो ।

पुरस्कार वितरण कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले स्वस्थ शरीर, स्वस्थ मन र स्वस्थ समाज स्थापनाका लागि दौड प्रतियोगिता आयोजना गरिएको बताउनुभयो ।चेम्बरको शिक्षा तथा खेलकूद समितिले आयोजना गरेको दौड प्रतियोगितामा ३१५ जना खेलाडी सहभागी भएका थिए । विद्यार्थी, सञ्चारकर्मी र व्यवसायीका अलगअलग दौड प्रतियोगिता गरिएको थियो कार्यक्रममा म्याराथन धावक वैकुण्ठ मानन्धर र रामकृष्ण महर्जनलाई पनि सम्मानित गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्