प्रधानमन्त्रीलाईविश्वासको मत



प्रतिनिधि सभाको अधिवेशनआजआइतबारबाट सञ्चालनहुँदैछ । विगतकाअधिवेशनभन्दा यो अधिवेशनअन्यौलपूर्ण छ । राजनीतिक पार्टीका नेताको ध्रुवीकरणका कारण अधिवेशनको सञ्चालन के कसरी हुन्छ भन्नेमा स्वयम् नेताहरुलाई नै थाहा छैन । वर्तमान सरकार ढल्छ वा केपीशर्मा ओलीकै नेतृत्वमानयाँ गठबन्धन हुन्छभन्नेमाअहिल्यै आँकलनगर्नसक्ने अवस्था छैन ।

यस अवस्थामाअबको अधिवेशन बडो चुनौतीपूर्ण छ । सबैभन्दा ठूलो कुरा त वर्तमान सरकारविरुद्ध अविश्वासको प्रस्ताव आउँछ वा नेकपाकै नेताहरुको पुनर्मिलन हुन्छ भन्नेमापनिअन्योल नै छ । तर, प्रतिनिधि सभा विघटन गरिएको कार्य असंवैधानिकभएको सर्वोच्चअदालतले ठहर गरेपछि र नेकपाको एक समूहले साधारण सदस्यबाट पनि हटाएको भनेपछि प्रधानमन्त्री केपीशर्मा ओलीले विश्वासको मतलिनआवश्यकहुने भनी सम्बन्धित विज्ञहरुले बताएका छन् ।हुनपनि अविश्वासको प्रस्ताव राख्नुभन्दापहिले प्रधानमन्त्रीले विश्वासको मतलिनको लागि प्रस्तावगर्नुपर्नेअवस्थावर्तमान परिस्थितिले देखाएका छ, किनभने नेपालको संविधानको धारा १०० को उपधारा (१) र (२) को व्यवस्थाले पनिवर्तमान राजनीतिकअवस्थालाई इंगित गरेको भान हुन्छ ।हालकानूनी रुपमाविभाजितनभएपनि नेकपादुई समूहमाविभाजित छ । प्रचण्ड–माधव समूहले पार्टीको साधारण सदस्यबाटसमेतप्रधानमन्त्री केपीशर्मा ओलीलाई हटाइसकेको भनेको छ । नेपालको संविधानको धारा १०० को उपधारा (१) माप्रधानमन्त्रीले कुनै पनिबखतआफूमाथिप्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक र उपयुक्त ठानेमाविश्वासकामतकालागि प्रस्ताव राख्नसक्ने प्रावधानउल्लेख छ । यसैगरी उपधारा (२) मा सरकार प्रमुखले प्रतिनिधित्वगर्ने दलविभाजितभएमावा सरकारमा सहभागीदललेआफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्रविश्वासकोमतकालागिप्रधानमन्त्रीले प्रतिनिधि सभासमक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था छ ।

प्रधानमन्त्रीओलीप्रति जनताको आस्थाकमभएको हो किभन्ने पनि देखिएको छ । उहाँले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ भन्नेहरुको पनिकमी छैन । ओलीपक्षधरले बाहेक अधिकाँश राजनीतिक पार्टीले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनिरहेका छन् । यस्तो अवस्थामायदिप्रधानमन्त्रीले राजीनामानदिने हो भने उहाँले प्रतिनिधि सभामाविश्वासको मतको लागि प्रस्ताव राख्नु नै उपयुक्त हुन्छ ।संविधानको धारा १०० को उपधारा (१) र (२) को प्रयोग यस्तै अवस्थामागर्ने हो ।यसबाटप्रधानमन्त्रीभाग्नहुँदैन । धारा १०० को उपधारा (३) माउपधारा (१) र (२) बमोजिम पेश भएको प्रस्तावप्रतिनिधि सभामातत्कालकायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुननसकेमाप्रधानमन्त्रीआफ्नो पदबाट मुक्तहुने व्यवस्था छ । प्रधानमन्त्रीले अबप्रतिनिधि सभाको अधिवेशनचलेपछि विश्वासको मतको प्रस्ताव राखेर आफ्नो पक्षमाबहुमतसिद्ध गरी राजीनामामाग्नेहरुलाई जबाफफर्काउँदा नै बुद्धिमत्ता ठानिन्छ । अविश्वासको मतल्याउँला र ‘फेस’ गरौंलाभनेर प्रधानमन्त्रीले सोचाइ राख्नुभन्दाप्रधानमन्त्रीआँफैले नै पहिले विश्वासको मतकालागि प्रस्ताव राख्दाप्रधानमन्त्रीप्रतिआस्था बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्