फेसबुक, ट्विटर र ह्वाट्सएपका कर्मचारीलाई थुन्ने धम्की



 नयाँदिल्ली, (एजेन्सी) । 

भारतले टिव्टर र फेसबुकका कर्मचारीहरूलाई कारगारमा कोच्ने चेतावनी दिएको दि वाल स्ट्रिट जर्नलले जनाएको छ । भारतीय किसानहरूले सरकारविरूद्ध गरेका विरोध प्रदर्शनसम्बन्धी डाटा मेट्न ती प्राविधिक कम्पनीहरूलाई दबाब दिने उद्देश्यले सरकारले कृषि सुधार कार्यक्रम पारित गरेयता सन् २०२० को उत्तराद्र्धदेखि किसानहरूले प्रदर्शन गर्दै आइरहेको छ ।

भारतले कृषकहरूको प्रदर्शनसम्बन्धी भिडियो क्लिपहरू सेयर गरेका कारण ह्वाट्सएप, ट्विटर र फेसबुकमाथि दबाब दिने उद्दश्यले तिनीहरूका कर्मचारीहरूलाई जेल पठाउने चेतावनी दिएको हो । दि वाल स्ट्रिट जर्नलले ति कम्पनीका निकट सूत्रहरूलाई उद्धृत गर्दै तिनीहरूलाई भारतलाई त्यसले अनुरोध गरेको युजर डाटा दिन अनिच्छुक रहेको जनाएको छ ।

भारत सरकारले कृषकहरूले आफ्ना उत्पादन सरकारलाई नभई प्रत्यक्ष रूपमा निजी खरिदकर्ताहरूलाई बिक्रि गर्न सकिने विधेयक खारेज गर्न माग गरेकोे थियो । तिनीहरूले सरकारले आफ्ना सम्पूर्ण उत्पादनमाथि न्यूनतम मूल्य तोकिदिँदा निजी खरिदकर्तालाई अझै सस्तो सामान बेच्नुपर्ने स्थिति आउन सक्ने गुनासो गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द« मोदीले भारतीय कृषिलाई आधुनिकीकरण गर्न कृषि कानुन ल्याइएको दाबी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्