उत्कृष्ट १० मा परेका सेफ ध्रुव थापालाई ५ मा पुर्‍याउन विद्युतीय मतदान



नेपाल समाचारपत्र, काठमाडौं ।

अन्तर्राष्ट्रिय सेफ प्रतियोगितामा शीर्ष १० स्थानमा पुगेका ध्रुव थापाले आफूलाई शीर्ष ५ मा पु-याइदिन विश्वका विभिन्न क्षेत्रमा रहेका नेपालीसमक्ष अनुरोध गर्नुभएको छ । हाल थापा अमेरिकामा रहेर नेपालीलगायत पूर्वीय भोजन परिकारका विशेषताबारे विश्वलाई जानकारी दिइरहनुभएको छ ।

थापालाई https://favchef.com/2021/dhruva-thapa मा अनलाइन भोटिङ गर्नसकिन्छ । आगामी मार्च ११ मा हुने टप ५ को प्रतिस्पर्धाको लागि अनलाईन भोटिङ मात्र एक माध्यम रहेको थापाले जानकारी गराउनुभएको छ ।

सेफ थापा आफ्नो समूहमा पहिलो चरण देखिनै प्रथम र दोस्रो स्थानमा निरन्तर पर्न सफल प्रतिस्पर्धी हुनुहुन्छ । तर अब प्रतियोगिता निक्कै जटिल हुदै जाने र धेरै मत पाएपछि मात्र सेमी फाइनल राउन्डमा पुग्नसकिने अवस्था रहेकोले फेसबुक मार्फत मतदान गर्न सबैसँग उहाँको अनुरोध छ ।

‘नेपाली परिकारलाई विश्व सामु चिनाउन र आफ्नो मौलिक र स्वास्थ्यवर्धक भोजन जसको श्रेय हाम्रो हिमाली जडिबुटीदेखि आयुर्वेदिक परिकारसँंग मिल्ने र समय र मौसमअनुसार आउने हाम्रा चाड–पर्वमा विशेष परिकारहरु बन्नु र खानुको कारण हाम्रो भोजन प्रणाली र जीवन शैलीसित कसरी नङ र मासुजस्तै मिलेको छ यसको जानकारी विश्वसामु ल्याउन चाहन्छु’ थापा भन्नुहुन्छ ।

सेफ थापा लामो समयदेखि पूर्वीय जीवन शैली, योग ध्यान, आहारको बारेमा अमेरिकी समुदायबीच परिचय गराउँदै आउनुभएको छ । पूर्वीय र आफ्नो मौलिक भोजनको महत्व र यसको उपयोगिता हाम्रो स्वास्थमा समेत पर्दछ, थापा जानकारी गराउनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्