कांग्रेस नेता श्रेष्ठ अझै केही दिन अस्पतालमै रहने



भूपराज बस्याल, काठमाडौं ।

स्वास्थ्यमा देखिएको समस्याका कारण गत आइतबार अस्पताल भर्ना हुनुभएका पूर्व उपप्रधानमन्त्री तथा काङ्ग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ अझै केही दिन अस्पतालमै रहनुहुने भएको छ । स्वास्थ्यमा क्रमिक सुधार आएपनि घर फर्किन भने अझै केही दिन लाग्ने श्रेष्ठको उपचारमा खटिनु भएका डाक्टर जेपी जैसवालले जानकारी दिनुभयो ।

काठमाडौको नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका उहाँ चौबीस घण्टाको सिसियु उपचार पछि हाल नर्मल वाडमा उपचाररत हुनुहुन्छ । शरीर कमजोर र साझमा हल्का ज्वरो देखिएपछि १४ गते डाक्टर ज्योति भट्टले घरमै पुगेर उपचार गर्ने क्रममा सुगर देखिएको थियो ।

पुन: १५ गते पुनः रगत,दिशा पिसाब चेक गर्दा समेत सुगर देखिएपछि १६ गते २:३० बजे श्रेष्ठ काठमाडौको मेट्रो अस्पताल पुग्नु भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । अस्पताल पुगे लगत्तै उहाँमा अक्सिजनको मात्रा कम देखिएपछि डाक्टर भट्टकै सल्लाहमा सोही दिन दिउँसो ४ बजे हाल उपचाररत नर्भिक अस्पताल रिफर गरिएको श्रेष्ठका सोकिए सचीव सुयोग चापागाईंले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । चापागाईंका अनुसार काङ्ग्रेस नेता श्रेष्ठको हाल सबै स्वास्थ्य अवस्था नर्मल रहेको छ भने कोभिड रिपोट समेत नेकेटिभ आएको हुँदा स्वास्थ अवस्था खतरामुक्त रहेको बताउनु भएको छ ।

त्यस्तै स्वास्थ्य अवस्था बुझ्न शुक्रबार अस्पताल पुग्नु भएका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले श्रेष्ठको स्वास्थ्य लाभको कामना गर्नुभएको छ । उहाँले अस्पतालमा उपचाररत श्रेष्ठ निको भएर छिट्टै घर फर्किने समेत बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्