दार्चुलामा जीप दुर्घटना चालकसहित तीनको मृत्यु



किरन धामी, दार्चुला ।

दार्चुलामा जिप दुर्घटनामा परी चालक सहित २ जनाको घट्ना स्थलमै मृत्यु भएको छ, भने एक जनाको अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७० वर्षिया बृद्धा सुना देवी पन्त, ४० वर्षिय पदमराज पन्त लेकम गाउँपालिका–६ का जिप चालक ३८ वर्षिय करन नाथ रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सुचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिनुभयो ।

दुर्घटनामा परी जीपमा सवार अन्य ५ जना घाइते भएको उहाले जानकारी दिनुभयो । घाइते हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षिय बुद्धिबल्लव पन्त, सोही ठाउँका १२ वर्षिय मुकेश पन्त, ७ वर्षिय बसन्त पन्त र ७० वर्षिया गंगा पन्त रहेको सुचना अधिकारी चन्दले बताउनुभयो ।

गोकुलेश्वरबाट रिठाचौपाता आइरहेको ग–३ च–१६९३ नम्बरको जिप लेकम गाउँपालिका–६ उचाकोट बन्स्याडीमा दुर्घटनामा परेको उहाँले जानकारी दिनुभयो । कच्ची सडक भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ । जीप सडकबाट भण्डै एक सय मिटर तल खसेको बताइएको छ । घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्