प्रधानमन्त्री ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने



न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोरोनाविरुद्धको खोप लगाउने भएका छन् । उनले त्रिवि शिक्षण अस्पतालमा आइतबार बिहान १० बजे खोप लगाउने जनाईएको छ । शनिबार पत्रकार सम्मेलन मार्फत स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले यस्तो जानकारी दिए ।

आइतबारबाट ६५ वर्षभन्दा माथिकालाई कोरोनाविरुद्धको खोप दिन लागिएको छ । सोही उमेर समूहमा परेका प्रधानमन्त्री ओली पनि खोप लगाउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्