सरकारसँग भएको तीन बुँदे सहमतिमा प्रतिबद्ध छौं : विप्लव



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँग भएको तीन बुँदे सहमतिमा प्रतिबद्ध रहेको जनाएका छन् ।

सरकारसँग भएको तीन बुँदे सहमतिमा हस्ताक्षर गर्न शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै चन्दले भने, ‘कसैले आशंका गर्ने वा विभिन्न ढंगले उत्तेजनात्मक बनाउन जरुरी छैन,’ उनले भने, ‘हामी सहमतिप्रति प्रतिबद्ध छौं ।’

कम्युनिस्टहरु विद्रोह गर्ने मानिसका साथसाथै शान्तिका दूत समेत भएको उनले बताए । ‘एकथरी शोषक र उत्पीडक हुन्छन् भने दोस्रो थरी उत्पीडित वर्ग हुन्छन्, तेस्रो थरी मानिस गुन–गुन गर्छन्, उठ्न, जाग्न सक्दैनन् । चौथो थरी विद्रोह गर्छन् । कम्युनिस्टहरु विद्रोह गर्ने मानिस हुन्, यद्यपि कम्युनिस्टहरु विद्रोह मात्र गर्दैनन्, परिस्थिति बदलिन्छ र राज्यले आफ्नो भूमिका निर्वाह गरेको बेलामा कम्युनिस्टहरु शान्तिका दूत पनि हुन्’ उनले बताए ।

प्रतिक्रिया दिनुहोस्