यस्तो छ सरकार र विप्लवबीच भएको तीन बुँदे सहमति



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लवले ३ बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।

दुई पक्षबीच भएको सहमतिअनुसार विप्लव पक्षले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन्।

यस्ता छन् सहमतिका तीन बुँदा

१. दुवै पक्ष नेपाल सरकार र नेकपा वार्ता र संवादबाट समस्या समाधान गर्न सहमत

२. सबै क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमति

३. सरकारले लगाएको प्रतिबन्ध हटाउन र बन्दी रिहाइ र सबै मुद्दा खारेज गर्न सहमति

प्रतिक्रिया दिनुहोस्