रसुवागढी नाका खुल्यो, सात कन्टेनर सामान आयात



सरस्वती न्यौपाने, रसुवा ।

अन्तर्राष्ट्रिय नाकाको रूपमा परिचित रसुवागढी नाका शुक्रबारबाट खुलेको छ । नाका खुलेसँगै चीनबाट सात कन्टेनर सामान आयात भएको छ । भन्सार प्रमुख राम प्रसाद रेग्मीका अनुसार शुक्रबार विहान सात चिनियाँ कन्टेनरबाट फर्निचरका सामान, जुता चप्पल, मेसिनलगाएतका समान आयात गरिएको छ ।

गत जेठ मसान्तबाट कारोवार पुनस् सन्चालनमा आयतापनि आयात संख्या कम नै रहेको थियो । चिनियाँ पक्षले दैनिक जसो पाँच वटा गाडिमा सामान ल्याएर नेपालतर्फ झारिदिने गरेको थियो । अहिले चिनियाँ पक्षले सङ्ख्या बढाएर सात कन्टेनरमा सामान ल्याएको छ ।

सिमा क्षेत्रमा कोभिड संक्मण न्यून संख्यामा देखिएपछि नाका खोल्नु पर्ने माग बढेको थियो । यस्तै, आगामि दिनहरूमा सामान आयात थप गरिने बताइएको छ । आर्थिक वर्षको सात महिनामा रसुवा भन्सार कार्यालयले लक्ष्य भन्दा १७ प्रतिशत मात्र राजश्व सङकलन गरेको छ । गत बर्ष ११ अर्व ३३ करोड ७५ लाख २९ हजार रूपैयाँ सङकलन गर्ने लक्ष्य थियो । यस वर्षको आर्थिक वर्ष साउन देखि माघ मसान्तसम्म दुई अर्व तीन करोड ४८ लाख ३२ हजार रूपैया मात्र राजश्व सङकलन भएको छ ।

लक्ष्य अनुसार राजस्व संकलन नहुनुका मुख्य कारण कोभिड संक्रमण, हिमपात र ल्होसार रहेका छन् । जसका कारण महिनौँसम्म रसुवागढी नाका बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्