नेपालमा मदिराको उपभोग बढ्दो



काठमाडौं, नेस। 

हरेक वर्ष नेपालमा मदिराको उपभोग दर वृद्धि हुँदै गएको विभिन्न तथ्यांकले पुष्टि गर्छ । स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डका मदिराबीच प्रतिस्पर्धा छ । जसले गर्दा मदिराका पारखीहरु आफ्नो लागि उपयुक्त ब्रान्ड छनोट गर्न नै द्विविधामा पर्न थालेका छन् । धेरै थरीका मदिराबाट चयन गर्नुपर्ने भएकाले मदिरा पारखीले उनीको मनपर्ने पेयभित्र, मदिराको पहिलो स्वाददेखि अल्कोहलको कडापनसम्म के जान्छ भन्ने जानी राख्नु जरुरी छ ।

मदिराको कडापनको मात्रा जाँच गर्ने तीन वटा विधि छन् । यीमध्ये सबैभन्दा बढी प्रचलित परिमाणको आधारमा अल्कोहल जाँच्ने ९एबीभी०, युएस प्रुफको पालना गरिएको, र अन्त्यमा इम्पेरियल प्रुफ, यो विधि विश्वव्यापी रुपमा प्रचलितन भएता पनि नेपाल र भारतीय उपमहाद्विपका अन्य क्षेत्रमा यसको प्रयोग गर्ने गरिन्छ ।
सामान्यतया युएस प्रुफएबीभीको मात्राभन्दा दोब्बर हुन्छ । यसको अर्थ ८० युएस प्रुफभन्नु र ४० प्रतिशत एबीभी भन्नु एकै हो । इम्पेरियल प्रुफको गणना भनें अलि अप्ठ्यारो दायरामा पर्ने गर्छ, जहाँ यो एबीभीको मात्राको भन्दा७÷४ गुणा हुन्छ । उदाहरणको लागि, ७५ प्रुफ ९२५ अण्डर प्रुफ भनेर पनि भनिन्छ० भनेको ४२ दशमलव ८ प्रतिशत एबीभी भने जति नै हो । ऐतिहासिक रुपमा प्रुफको नियम १६औं शताब्दीमा युकेबाट प्रतिपादित भएको थियो ।

यदी मदिरामा गनपाउडर भिजाएपछि त्यो पाउडर बल्यो भने त्यो मदिराको गणना १०० प्रुफ ९अथवा ५७ दशमलव १५ प्रतिशत एबीभी० को रुपमा हुन्थ्यो । सन् १८१६ मा मदिराको तोेकिएको गुरुत्वाकर्षणलाई आधार मानेर कानुनी मानकको परिभाषा बनाइयो । यो पद्धतिअनुसार सय युके प्रुफ मदिराको रुपमा परिभाषित भयो जसमा एउटै तापक्रममा शुद्ध पानीको १२÷१३ निर्दिष्ट गुरुत्वाकर्षण विद्यमान हुन्छ । जुन फेरि पनि ५७ दशमलव १५ प्रतिशत एबीभी नै थियो । यो प्रणालीले तापक्रम मापदण्डमा ल्याउने र अल्कोहलको कडापना सय प्रुफभन्दा माथि भएको नाप्न सकिने बनायो । एटलान्टिक क्षेत्रभर सन् १८५० मा युएस प्रुफ प्रणाली लागू गरिएको थियो र यो प्रणाली युके प्रणालीभन्दा थोरैमात्र भिन्न थियो । यस प्रणाली अनुसार सय प्रुफ भनेको ५० प्रतिशत एबीभीको हाराहारीमा थियो । आज, मेट्रिक प्रणाली कानुनी नापतौलको अन्तर्राष्ट्रिय संगठनद्वारा परिभाषित गरिएको छ, जस बमोजिम २० डिग्री सेल्सियसमा अल्कोहल पेयको परिमाण भएकोलाई शुद्ध अल्कोहलको मात्रा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्