जाजरकोट रिम्ना सडकमा गाडी चल्ने



बासुदेव शर्मा , जाजरकोट ।

जाजरकोट डोल्पा सडकको भेरी करिडोर अन्तर्गत जिरो प्वाईन्ट पासागाड देखि रिम्ना सम्मको सडक स्तरउन्नतिको काम भईरहेको छ । जाजरकोट देखि रिम्मा सम्मको सडक स्तर उन्नतिको कामले गति लिएपछि काममा सहजता ल्याउन सिष्टममा गाडी संचालन गर्ने सहमति भएको हो ।

भेरी नगरपालिका १को रिङ्गौटा देखि रिम्ना भीरको सडक खण्डको स्तरउन्नति गर्नुपर्ने भएकोले एक हप्ता सम्मका लागी सिष्टममा गाडी संचालन गर्ने यातायात व्यवसायी र सरोकारवाला निकायले सहमति गरेका हुन् ।जिल्ला यातायात व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी चेतराज बराल र व्यावसायीहरुको बैकठकले फाल्गुन २५ गते देखि आगामी चैत्र २ गते सम्मका लागी उक्त सडक खण्डमा सिष्टम अनुसार गाडी संचालन गर्ने निर्णय गरेको हो ।सडक स्तरउन्नतीको कामलाई पुरा गर्न एक हप्तासम्म गाडीलाई सिष्टमा संचालन गर्नु पर्ने अवस्था आएको वताउदै प्रमुख जिल्ला अधिकारी चेतराज बरालले ढुवानीका मालबहाक गाडी तथा अन्य साधनहरु सल्यानको सल्लीबजार हुदै रुकुम पश्चिमको चौरजहारी देखि सानो भेरी गाउँपालिकाको सानो भेरी वारपार गराउन सकिने बताउनुभयो ।

त्यस्तै जाजरकोटको तल्लुबगर, आठबिसकोट नगरपालिकाको राडी ज्युला, नलगाड नगरपालिकाको कालिमाटीबाट वाहिरिने र काठमाडांै, नेपालगंन्ज, सुर्खेत छिन्चु र जाजरकोटबाट भित्रिने यात्रुवहाक गाडीहरु यताको रिङ्गाउटा र उताको रिम्नामा राखेर मेल सिष्टम अनुसार संचालन गर्ने व्यवस्था मिलाउन स्थानीय प्रशासनले यातायात व्यावसायीलाई निर्देशन दिएको छ ।भिरालो बाटो भएकोले स्तरउन्नतिको कामलाई पुरा गर्न एक हप्ता यात्रुहरु मर्कामा पर्ने भएका छन् । व्यवासायी र सरोकारवालाहरुको बैठकले पासागाड, रिम्ना सडक खण्डको रिङ्गाउटा देखि रिम्ना सम्म विहान ७ बजे भन्दा अगाडी ११ बजेदेखि १२ बजे दिउसो ३ बजे देखि ४ बजेसम्म बेलुका ६ बजे भन्दा पछाडी गाडी पास गर्न सक्ने निर्णय सरोकारवालाहरुको बैठकले गरेको छ ।

सरोकारवाला र यातायात व्यावसायीहरुले गरेको निर्णय फाल्गुन २५ गते देखि लागु हुने स्थानीय प्रशासनले जनाएको छ । स्तर उन्नतिको कामलाई सम्बन्धित पक्षले निर्धारित समयमा सम्पन्न गर्न सरोकारवाला निकायले आग्रह गरेको छ । सडक स्तरउन्नतिको काम छिटो छरितो यातायातमा सहजता ल्याउन पहल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्