सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति,भोलि एउटै मञ्‍चबाट सम्बोधन गर्ने



न्युज अफ नेपाल ,काठमाडौं ।

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच तीन बुँदे सहमति भएको छ । सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार तीन बुँदे सहमति भएको हो ।

सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरूको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीलगायत विषयहरू रहेका छन्।

भोलि ओली र विप्लवले एउटै मञ्‍चबाट सम्बोधन गर्ने छ  । सहमतिको विस्तृत विवरण  शुक्रबार दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने छ ।

 

प्रतिक्रिया दिनुहोस्