आज बुढानीलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक बस्दै



{“caption”:”u0915u093eu0902u0917u094du0930u0947u0938 u0938u092du093eu092au0924u093f u0936u0947u0930u092cu0939u093eu0926u0941u0930 u0926u0947u0909u0935u093e u0928u093fu0935u093eu0938 u092cu0942u0922u093eu0928u0940u0932u0915u0923u094du0920u092eu093e u092cu0941u0927u092cu093eu0930 u092cu0938u0947u0915u094b u092au093eu0930u094du091fu0940 u092au0926u093eu0927u093fu0915u093eu0930u0940u0915u094b u092cu0948u0920u0915u092eu093e u0938u0939u092du093eu0917u0940 u0928u0947u0924u093eu0939u0930u0941 u0964 u0924u0938u094du092cu093fu0930 : u0930u094bu0936u0928 u0938u093eu092au0915u094bu091fu093e\/u0930u093eu0938u0938″,”photographer”:””,”alt_text”:””}

न्युज अफ नेपाल , काठमाडौं ।

बुढानीकण्ठमा  नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बिहिबार बस्दैछ । बैठकमा पुनःस्थापित संसद बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारे छलफल गर्न भएको छ । बैठक पार्टी बुढानीलकण्ठमा दिउँसो तीन बजे बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा पूर्वपदाधिकारीहरु पनि सहभागी हुने मुख्य सचिव पौडेलले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद बैठक विघटन गरेकी थिइन् । सर्वोच्च अदालतले भने यही फागुन ११ गते संसद विघटनको निर्णय असंवैधानिक ठहर गरेको थियो । सर्वोच्चले १३ दिनभित्र संसद बैठक आह्वान गर्न निर्देशन दिएअनुसार २३ गते अपराह्न ४ बजे संसद बैठक बस्दै छ ।

संसद बैठकमा कांग्रेस प्रधानमन्त्री ओलीको साथमा उभिन्छ कि प्रचण्ड(माधव पक्षमा भन्नेमा चासो छ । नयाा सत्ता समीकरणमा कांग्रेस निर्णायक भूमिकामा छ ।

प्रतिक्रिया दिनुहोस्