विप्लव समूह र सरकारबीच दोस्रो चरणको वार्ता सकियो, दुवै पक्ष सहमति नजिक



काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द (विप्लव)बीच दाश्रो चरणको वार्ता सम्पन्न भएको छ। बुधबार साँझ बसेको दोश्रो चरणको वार्तामा दुबै पक्ष समान धारणा नजिक पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए।

सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन्,’वार्ता विषय केन्द्रीत रह्यो। दुबै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको छ।’ यसअघि पहिलो चरणको वार्ता आजै बिहान सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस्