प्रविधिको विकाससँगै गोरु र राँगा विस्थापित



कृष्णउदास खनाल,वीरगन्ज ।

नयाँ नयाँ प्रविधी र कृषि उपकरणहरु भित्रिदै गएका कारण पर्साका किसानहरुको खेती गर्ने तरिकामा पनि परिवर्तन आएको छ । कृषि क्षेत्रमा बढ्दै गएको आधुनिककरणसंगै खेत जोत्नका लागि प्रयोग हुने ट्रयाक्टरले महत्व पाउन थालेपछि प्राय सबै किसानहरुले गोरु, राँगा खर्चिलो भएको भन्दै ट्रयाक्टरबाटै खेत जोत्ने र दाइ गर्न थालेका छन् ।

यस्तै धान गहु रोप्न , काट्न र दाइ गर्न अन्य आधुनिक कृषि उपकरणहरुको प्रयोग किसानहरुले गर्न थालेका छन् । खेत जोत्न र दाइ गर्न टयाक्टरको प्रयोग बढेपछि किसानहरुको घर गोठमा गोरु र राँगा देखिनै छाडेको छ । गोरु वा राँगा नारेर जोत्ने जनशक्तिको अभाब र खर्चिलो हुँदा अहिले अधिकांश किसानको पहिलो रोजाई ट्रयाक्टर नै बन्दै गएको छ ।

प्रति जोर राँगाको मुल्य ५० हजार देखि १ लाख सम्म पर्ने गरेको छ । गोरु पनि कम्तिमा ५० हजार प्रति जोडी पर्ने गर्छ । आफैले गोरु पालेर खेती गर्दा निक्कै खर्चिलो हुने र खोत जोत्न भनेका बेला हलि नपाइने भएका कारण पनि ट्याक्टरबाटै खेत जोतेर खेती गर्न सहज भइरहेको पर्साको भौराटारका किसान भवन दास बर्णवालले बताउनुभयो ।

खेत जोत्न ट्याक्टरको प्रयोग बढेपछि गाँउघरमा अहिले आक्कल झुक्कल केहि किसानको घरगोठमा मात्र गोरु वा रागाँ पालेको भेटिने गरेको उहाले बताउनुभयो । कृषि ज्ञान केन्द्र पर्साका प्राविधीक सहायक श्याम किशोर प्रसाद कुर्मीले जिल्लाका प्राय सबै किसानले गोरु राँगा नै पाल्न छोडी सकेको बताउनुभयो ।

गाँउघरमा अहिले फाट्टफुट्ट मात्र गोरु वा राँगाले खेत जोतेको देखिने गरेको भन्दै उहाले ज्ञान केन्द्रको पछिल्लो सर्वेक्षण अनुसार पर्सा जिल्लामा ९ सय घरधुरी बराबर एक घर धुरीका किसानले मात्र हल गोरु पालेको बताउनुभयो । पर्सा जिल्लामा धान सुपरजोन कार्यक्रम सञ्चालन भए पश्चात जिल्लाका किसानले कस्टम हायरिङ, पोस्ट हार्भेस्ट, साना सिँचाइ, सौर्य सिँचाइ, प्राविधिक सहयोग, धान रोप्ने, मल छर्ने, धान गोड्ने, धान काट्ने मेसिन, ट्याक्टर, माटो सुधारलगायत विभिन्न उपकरण तथा समाग्रीहरु ५० प्रतिशत अनुदानमा पाउने गरेका छन् । छिटो र सजिला उपकरण तर्पm कृषक आकर्षिक हुन थालेको कुर्मीले बताउननुभयो ।

प्रतिक्रिया दिनुहोस्