बीमा संस्थानको दुई शाखा थप



काठमाडौं, नेस ।

राष्ट्रिय बीमा संस्थानले काठमाडौंको चाबहिल र भक्तपुरको सूर्यविनायकमा १८औं शाखा सञ्चालनमा ल्याएको छ । संस्थानको चाबहिल शाखा काठमाडौं महानगरपालिका वडा नं। ७ का अध्यक्ष सुतकुमार डंगोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

शाखाको उद्घाटन गर्दै वडा अध्यक्ष डंगोलले चाबहिल क्षेत्रमा शाखा सञ्चालनमा ल्याएकोमा आभार प्रकट गर्दै सो क्षेत्रमा बीमा व्यवसाय र साक्षरता अभियान चलाउन आग्रह गर्नुभयो । संस्थान सञ्चालक समितिका अध्यक्ष कँडेलले बीमा जीवनको सुरक्षाका साथै राष्ट्रको आर्थिक विकासका लागि पनि मेरुदण्ड भएको बताउनुभयो ।

त्यस्तै संस्थानको सूर्यविनायकमा सञ्चालनमा आएको नयाँ शाखा सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र संस्थानका अध्यक्ष कँडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभयो । मेयर थापाले संस्थानलाई स्थानीय निकायमा शाखा सञ्जाल विस्तार गर्न आग्रह गर्दै यसका लागि जनप्रतिनिधिको सहयोग रहने प्रतिबद्घता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्