पृतनापति सम्मेलन आजबाट



काठमाडौं, (नेस) ।

मुलुकको राजनीतिक अवस्था तरलतातिर गइरहेको बेला नेपाली सेनाले पृतनापति सम्मेलन आयोजना गर्ने भएको छ । तीन दिनसम्म चल्ने सो सम्मेलनमा मुलुकको समग्र सुरक्षा अवस्थाको बारेमा छलफल हुने भएको छ ।

महाशिवरात्री तथा सेना दिवसको अवसर पारेर आयोजना गरिएको सम्मेलन आज बुधबारबाट शुरु हुने भएको छ ।सम्मेलनमा सबै पृतनापतिले मुलुकको पछिल्लो सुरक्षा अवस्थाका बारेमा जानकारी गराउनुका साथै आगामी दिनमा सेनाले लिनुपर्ने रणनीतिको बारेमा समेत छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्