कारागारभित्र भाई, भेट्न गएका दाई उल्टै पक्राउ



कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज कारागारभित्र नै लागू औषध मुद्दामा जेल जीवन बिताइ रहेका एक ब्यक्तिलाई लागू औषध चरेश पुर्‍याउन गएको अभियोगमा एक युवकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार बिहान कारगारमा आफ्ना भाइ सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर १ का २० बर्षीय लाक्पा शेर्पालाई लुकाइ छिपाइ चरेशको धुलो लिएर गएको अवस्थामा कारगारमा सुरक्षार्थ खटिएको प्रहरीको टोलीले ११ ग्राम चरेशको धुलो सहित लाक्पाका दाइ २२ बर्षीय मिङ्गमा शेर्पालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिनुभयो । उनले जुत्ताको तलुवामुनी लुकाइ राखेको अवस्थामा चेकजाँच गर्दा सो परिमाणको चरेश बरामद भएको पनि कुँवरले जानकारी दिनुभयो । लाक्पा लागू औषध मुद्दामा नै पुर्पक्षका लागि वीरगन्ज कारगारमा छन् ।

प्रतिक्रिया दिनुहोस्