दोभान बजार आगलागी : कम्तिमा ५५ घर पूर्ण रूपमा जलेर नष्ट, आगो नियन्त्रणको प्रयास जारी



न्युज अफ नेपाल, ताप्लेजुङ ।

ताप्लेजुङको दोभान बजारमा भएको भीषण आगलागीमा कम्तिमा ५५ घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणका लागि नगरपालिकाको दमकलसहित प्रहरी टोली र स्थानीय घटनास्थल पुगेका छन् । दोभान बजारमा एक सय जति घरहरु रहेको स्थानीय बताउँछन् ।

बजार क्षेत्रमा कपडा, कृषि सामग्री, किराना तथा भण्डारण गरिएका अलैंची जस्ता कृषि उत्पादनका पसल रहेका थिए जुन हाल जलेर नष्ट भएका छन् । आगलागीको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्