अग्रिम सूचनाबिनै पानी बन्द गर्दा सयौँ उपभोक्ता मारमा



timesofpradesh.com

न्युज अफ नेपाल, भद्रपुर ।

खानेपानी पाइप लाइन विस्तारको नाममा संस्थानले अग्रिम सूचनाबिनै पानी बन्द गर्न थालेपछि नगर क्षेत्रका सयौँ उपभोक्ता मारमा परेका छन् । नेपाल खानेपानी संस्थान भद्रपुरको लापारबाहीले नगर क्षेत्रका उपभोक्ता मारमा परेका हुन् । संस्थानले पानी बन्द गरेपछि नगर क्षेत्रका २६ सय बढी उपभोक्ता यसको प्रत्यक्ष मारमा परेकका छन् ।

चाराआली केचना सडक खण्डअन्तर्गत भद्रपुरको सगरमाथा चोकदेखि झापा चोकसम्म सडक दुवै किनारमा नयाँ खानेपानी लाइन विस्तार गर्दा यो समस्या आएको हो ।

संस्थानले यसअघि पनि पटक–पटक उपभोक्तालाई सूचना नै नदिई मनपरी ढङ्गले पानी बन्द गर्दै आइरहेका थियो । संस्थानले पानी बन्द गर्नुअघि एकदुई दिन अगाडी नै सार्वजनिक रुपमा सञ्चारमाध्यमबाट त्यस विषयमा उपभोक्तालाई जानकारी गराउनुपर्ने स्थानीय उपभोक्ता तथा झापा उद्योग वाणिज्य सङ्घका वाणिज्य उपाध्यक्ष सन्तोष धमलाले बताउँनुभयो । तर, संस्थानको लापरबाहीले गर्दा घरमा पानी भण्डारण गर्न नपाएका उहाँको आरोप छ । स्थानीय सञ्चारमाध्यमबाट सूचना जारी गर्नुभन्दा अघि नै पानी बन्द भइसकेको उहाँको आरोप छ ।

संस्थानका प्रमुख सन्तोष रौनियारले पाइप लाइन विस्तार भइरहेकोले पानी बन्द गर्नु परेको जवाफ दिनुभयो । सूचना पहिलै दिनुपर्ने हो, हामीबाट गल्ती भयो, पानी विस्तारको काम मङ्गलबार गर्ने भनिएको थियो, तर आजै गर्नु परेको उहाँले बताउँनुभयो ।’

‘उपभोक्ताको समस्यालाई मध्यनजर गरी समय मिलाएर दुई घण्टा पानी दिने प्रयासमा लागि परेका उहाँको भनाइ छ । राति पनि पाइप लाइनको काम भइरहेको उहाँले जनाउँनुभयो । करिब ५ किलोमिटर सडक खण्डको दुवैपट्टि पाइप लाइन विस्तार भइसकेको संस्थानका पानी वितरण शाखा प्रमुख राजु बस्नेतले जानकारी दिनुभयो । पुरानोबाट नयाँ पाइपमा जडान गर्दा पानी बन्द गर्नु परेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्