ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ४०घर जलेर नष्ट, नियन्त्रणको प्रयासमा दमकल परिचालन



न्युज अफ नेपाल  , ताप्लेजुङ ।

ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा चालीस बढी घर जलेका छन् । आज बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगो नियन्त्रणको प्रयास भइरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीयले चालीस घर जलेका छन् । आगो निभाउन ताप्लेजुङ नगरपालिकाको दमकल प्रयोग गरिएको छ । ताप्लेजुङबाट दोभान बजार पुग्न गाडीमा करिब एक घण्टा लाग्छ ।

आगलागीको कारण खुलेको छैन । आगोले पुर्याएको क्षतिको विवरण पनि आउन बाँकी छ । दोभान ताप्लेजुङ जिल्लाको दोस्रो ठूलो बजार हो । यहाँ काठले बनेका कच्ची घरहरु धेरै छन् । बाटो पनि साँघुरो छ । दोभान बजारमा एक सय जति घरहरु रहेको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्