लयमा फर्किने क्रममा नेप्से



काठमाडौं, नेस । 
लगातार ओरालो लागेको नेपाल स्टक एक्सचेन्ज ९नेप्से० करिब एक सातापछि सोमबार सुधार आएको छ । पुरानै लयमा फर्किने क्रममा यस दिन नेप्से परिसूचक ४० दशमलव ६४ अंक बढेर २५१५ दशमलव शून्य ३ बिन्दुमा पुगेको छ।

परिसूचक बढे पनि कारोबार भने पछिल्ला दिनको तुलनामा केही घटेको छ । यस दिन कुल २०९ कम्पनीको ५ अर्ब ६९ करोड २३ लाख रुपियाँमा १ करोड १८ लाख ३८ हजार कित्ता शेयर किनबेच भएको छ । पछिल्ला दिनमा दैनिक औसत ८ अर्ब रुपियाँको कारोबार भइरहेको थियो । सोमबार १३ वटै समूहको परिसूचक बढेका छन् । जसमध्ये व्यापार समूहको परिसूचक सबैभन्दा धेरै ३ दशमलव ३२ प्रतिशत बढेको छ । कारोबार रकमका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक अगाडि रहेको छ । सो बैंकको ४४ करोड ४८ लाख रुपियाँभन्दा बढीको कारोबार भएको छ ।

सोमबार चन्द्रागिरी हिल्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै कर्पोट डेभलपमेन्ेट बैंक, बरुण हाइड्रोलगमयतका कम्पनीको शेयर मूल्य पनि उच्च अंकले बढेको छ । तर, खानीखोला, पन्चकन्या माई, स्टान्डर्ड चार्टर्ड बैंक र माहुली लघुवित्त कम्पनीको शेयर मूल्य घट्दा सात कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्