कोरोनाबाट ज्यान गुमाएका परिवारलाई १ लाख



हेटौंडा, (नेस)  । 

कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाएका परिवारलाई राहत रकम वितरण गरिएको छ । ज्यान गुमाएका परिवारलाई आर्थिक वर्ष २०७७-०७८ को नीति तथा कार्यक्रमअनुसार थाहा नगरपालिकाले प्रतिपरिवार १ लाख रुपैयाँको दरले राहत उपलब्ध गराएको हो । कोरोना भाइरसका कारण ज्यान गुमाए प्रतिपरिवार १ लाख रुपैयाँ दिने सातौं नगरसभाले निर्णय गरेको थियो ।

थाहानगरमा कोरोना संक्रमणका कारण हालसम्म ५ जनाले ज्यान गुमाएका छन् । थाहानगरमा कोरोनाबाट मृत्यु हुनेमा थाहा–२ का ७७ वर्षीय, थाहा–३ का ३३ वर्षीय पुरुष, थाहा–४ का ५१ वर्षीय, थाहा–६ का ७६ वर्षीय र वडा–१० का ४८ वर्षीय पुरुष छन् ।ज्यान गमाएका परिवारलाई नगर प्रमुख लवशेर विष्ट तथा प्रशासन महाशाखा प्रमुख अजित घिमिरेले राहत रकमको चेक हस्तान्तरण गर्नुभएको हो । विष्टले ज्यान गुमाउने परिवारका लागि थोरै भए पनि आर्थिक सहायता हुने भएकाले सहयोग गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्