भलिबलको उपाधि गल्कोटलाई



अमृत अर्याल, स्याङजा ।

जिल्लाको पुतलीबजारमा आयोजित अन्तर–पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गल्कोट नगरपालिकाले जितेको छ । उपाधि जितेसंगै टिमले २ लाख नगद पुरस्कार पनि हात पा¥यो । फाइनल खेलमा गल्कोटले कालीगण्डकी गाउँपालिकालाई ३—० को सोझो सेटमा पराजित गरेको हो । कालीगण्डकीले नगद एक लाख प्राप्त ग¥यो । यसैगरी, नवलपरासीको बर्दघाट तेस्रो भएको छ भने स्याङ्जाको चापाकोट नगरपालिका सान्तवना बनेको छ ।

बर्दघाट र चापाकोटबीच भएको खेलमा बर्दघाटले चापाकोटलाई ३— १ सेटको अन्तरले बिजयी भएको हो । योसँगै बर्दघाटले नगद ५० हजार र चापाकोटले २५ हजार नगद पाउन सफल भएका छन् ।पुतलीबजार नगरपालिका खेलकुद विकास सञ्जाल स्याङ्जाद्वारा आयोजित प्रतियोगिता फागुन ८ गतेबाट शुरु भएको हो । प्रतियोगितामा ६ जिल्लाका १६ टिम सहभागी थिए । यसैगरी, प्रतियोगि खेलाडीलाई पुरस्कार एवं सम्मान गर्दे नगरप्रमुख सीमाकुमारी क्षेत्रीले आजका युवाहरू खेलप्रति बढी आकर्षित देखिएकाले नगरपालिकाले यस्ता गतिविधिलाई सहयोग गर्दे आएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्