विद्यार्थी बेहोस हुन थालेपछि विद्यालय बन्द



दार्चुला ।

जिल्लाको नौगाड गाउँपालिका–४ सिप्टीमा रहेको गणेश विनायक माविमा अध्ययन गर्ने विद्यार्थीहरु एक्कासी बेहोस हुन थाले पछि विद्यालय बन्द गरिएको छ । एक साता अघि देखी विद्यार्थीहरु लेख्दा लेख्दै र पढ्दा पढ्दै एक्कासी बेहोस हुने गरेको विद्यालयका भेटेरीनरी प्रशिक्षक रमेश सिंह ठगुन्नाले जानकारी दिनुभयो । कक्षा ३–४ तथा कक्षा ९ र १० मा अध्ययन गर्ने छात्राहरु एक हप्ता देखी दैनिक जसो एक्कासी बेहोस हुने गरेको उहाले बताउनुभयो ।

विभिन्न कक्षामा अध्ययनरत छात्राहरु दैनिक एक्कासी बेहोस हुन थाले पछि वडा अध्यक्ष, स्थानिय प्रहरी चौकी र विद्यालय व्यवस्थापन समिति संगको छलफल पछि भोली र पर्सी दुई विद्यालय बन्द गर्ने सहमती भएको प्रशिक्षक ठगुन्नाले जानकारी दिनुभयो । ‘एक हप्ता देखि दैनिक ७/८ जना छात्राहरु एक्कासी बेहोस हुन्छन्, के कति कारणले बेहोस हुदै छन् भन्ने बारे पत्ता लागेको छैन् उहाले भन्नुभयो ।’

छात्राहरुले बेहोस भएपछि काप्ने, चिच्याउने र सास बन्द गर्ने जस्ता क्रियकलापहरु देखाउने गरेको उहाले बताउनुभयो । छात्राहरु बेहोस हुनुको कारण बारे चिकित्सकहरु समेत अन्योलमा रहेको विद्यालयले जनाएको छ । केहि छात्रा अस्पताल लैजादै गर्दा बाटोमै ठिक हुने तथा केहि विद्यालयमै आधा एक घण्टा पछि ठिक हुने गरेको बताइएको छ । विद्यार्थीहरु बेहोस हुन थाले पछि अभिभाव तथा शिक्षक त्रसित बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्